ओलीले राजनीतिक परिवर्तनलाई उल्ट्याउन खोजे–दाहाल

 ग्लोबल टिभि      मङ्लबार, चैत्र १७, २०७७      0

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तनलाई उल्ट्याउने कसरत गरेको आरोप लगाएका छन् । आज २० औँ जेल ब्रेक दिवसको अवसरमा बोल्दै अध्यक्ष दाहालले संविधानमाथि प्रतिक्रियावादीले प्रहार गरिरहेको र त्यसको प्रतिनिधिको रुपमा प्रधानमन्त्री ओली रहेको बताए ।

अहिले राजनीतिक उपलब्धिलाई उल्ट्याउने षड्यन्त्र भइरहेको उनको भनाइ छ ।
संसद विघटनको घटना सामान्य घटना मात्रै नभइ जनयुद्ध र जनआन्दोलनको बलमा आएका परिवर्तनलाई उल्ट्याउने षडयन्त्रको हिस्सा भएको पनि उनले बताए ।

उनले भने,‘अहिले हामीले दश वर्षको जनयुद्धमा कायम गरेका कीर्तिमानहरु र त्यसले ल्याएका निकै ठुलो युगान्तकारी परिवर्तनहरु जसको संकेन्द्रीत अभिव्यक्ति चाहीँ संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा एउटा समावेशी लोकतन्त्रको रुपमा संविधानमा लिपीबद्ध गरिएको छ । त्यो संविधान माथि फेरी एकचोटी बडो निर्मम ढंगले प्रहार गर्ने कसरत प्रतिक्रियावादी वर्गले, प्रतिक्रियावादी वर्गका प्रतिनिधिहरुले र ति प्रतिक्रियावादी वर्गको प्रतिनिधिहरु मध्येपनि सबैभन्दा क्रुर, गणतन्त विरोधी, संघीयता विरोधी, समावेशी विरोधी, समानुपातिकता विरोधी प्रतिनिधिहरुको खोजी गर्ने क्रममा उनीहरुले केपी ओलीलाई प्रयोग गरेका छन् ।’

अध्यक्ष दाहालले अदालतको फागुत २३ गतेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को खारेज गर्ने फैसलाको विरुद्धमा पुनरावलोकनमा गएको र अदालतले आफ्नो फैसलालाई पुनरावलोकन गर्ने विश्वास व्यक्त गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *