ग्लोबल टिभि
मङ्लबार, चैत्र १७, २०७७
0
प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एकताको खारेजीको सम्बन्धमा पुनरावलोकनका लागि सर्वोच्च अदालत गएर पुष्पकमल दाहालले मजाक गरेको टिप्पणी गरेका छन् । उनले भने, ‘आज पुनरावलोकनका लागि जानु भाछ क्यार । अदालत कुनै मजाक गर्ने ठाउँ हो र ? दर्ता खारेज गरिदियो । पार्टी आफ्ना आफ्ना भइसके ।’
प्रधानमन्त्री ओलीेले केही मान्छेको महत्वकांक्षाले राजनीतिक अस्थिरता निम्तिएको बताएका छन् । केही व्यक्तिहरुले आफ्नो निहित स्वार्थका कारण देशको राजनीतिलाई धमिल्याउन खोजेको उनको आरोप छ ।
एक अर्को प्रसङगमा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता बढाउने आश्वासन दिएका छन् । आगामी आर्थिक वर्षका लागि विद्यालय पूर्वाधार विकासका लागि ५ अर्ब बढी रकम वितरण गरिने पनि उनले बताए ।
Post Views: 1,184
Leave a Reply