ग्लोबल टिभि
0
प्रधानमन्त्री केपी शर्मा ओलीले २३ चैतभित्र संसदबाट विश्वासको मत लिनुपर्ने नेकपा माओवादी केन्द्रले दावी गरेको छ । माओवादी केन्द्रका सचेतक देव गुरुङले प्रतिनिधिसभा बैठकमा सरकारले विश्वासको मत लिन नसके वैधानिकतामाथि नै प्रश्न उठ्ने बताएका छन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ फागुनमा वर्तमान सरकारलाई ७६ (१) अनुसार भने पनि २३ फागुनको फैसलामा ७६ (२) आकर्षित भएको बताए ।
सचेतक गुरुङले भने, चैत २३ गते फैसला गरेको ३० दिन पुग्दैछ । ३० दिनभित्र विश्वासको मत लियो भने वैधानिकता हासिल हुनसक्छ । अन्यथा सरकारको संवैधानिक हैसियत के हुने हो भन्ने प्रश्न उठ्ने छ ।’ धारा १०० को उपधारा २ मा सत्तारुढ दल विभाजित भएमा वा सरकारमा भएको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
Post Views: 1,259
Leave a Reply