नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट उचाईमा पुर्याउन चाहेको बताएका छन् । बुधबार काठमाडौंको बुद्धनगरमा आँफू निकट युवा संघ नेपालको केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न, धरासायी र विसर्जनको बाटोमा पुर्याउन नदिने बताएका हुन् ।
त्यसका लागि मुलुकभरका कम्युनिष्ट आन्दोलन र नेकपा एमालेका योद्धाहरु पार्टीको एकता, कम्युनिष्ट आन्दोलनको रक्षा र सबै खालका विकृति विसङ्गतिबाट मुक्त गरी क्रान्तिकारी स्वरुप दिने पक्षमा आफू रहेको पनि उनले स्पष्ट पारे । आफूहरुको विचार माक्र्सवाद र लेलिनवादबाट निर्देशित भएको र त्यही विचारको मार्गदर्शनमा अगाडि बढ्दै बहुदलीय जनवादको मुल्य र मान्यतालाई जगेर्ना गर्न चाहेको उनले बताए ।
आफूहरु सामाजिक न्याय सहितको आर्थिक रुपान्तरणको पक्षमा रहेको भन्दै नेता नेपालले विचार, सङ्गठन, गतिशिलता, तार्किकता र व्यवहारमा उत्कृष्ट बन्न सके समाज परिवर्तन गर्न सकिने विश्वास व्यक्त गरे ।
Leave a Reply