माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै

 ग्लोबल टिभि      बिहिबार, चैत्र १९, २०७७      0

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

बिहान ९ बजे पेरिसडाँडा स्थित पार्टी केन्द्रीय कार्यालय मा बस्ने बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने जानकारी दिइएको छ ।

बैठका नयाँ सत्ता समीकरण, सरकारलाई दिएको समर्थन फिर्ता लिने लगायतका विषयमा छलफल हुने स्रोतले जानकारी दिएको छ । तर निर्णय आजै हुन्छ या हुन्न भन्नेबारे बिषयमा अझै एकिन भैसकेको छैन । फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि अलग्गै दलको रूपमा व्यूँतिएको माओवादी केन्द्र सरकारबाट अलग भइसके पनि उसले अहिलेसम्म समर्थन फिर्ता लिएको छैन।

माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिँदा नयाँ सरकार गठनमा अन्यौलता बढेको छ । अहिले सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेविना सरकार बनाउन माओवादी केन्द्र, कांग्रेस र जसपाबीच गठबन्धन अनिवार्य देखिन्छ । तर यी तीन दलकाबीचमा अहिलेसम्म सत्ता समीकरणका लागि ठोस सहमति हुन सकेको छैन ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न माओवादी केन्द्र लागि परेको छ । ओलीको उक्त कदमलाई असंवैधानिक भनेका अरू राजनीतिक दलहरू देखिने गरी प्रधानमन्त्री फेर्न नलागे पनिओलीलाई नै समर्थन गर्न भने नसकिने जनाउँदै आएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *