ग्लोवल टि.भी.
बिहिबार, चैत्र १९, २०७७
0
दाहाल–ओली नेतृत्वको नेकपाको वैधानिकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले उक्त मुद्दा आफ्नै इजलासमा राखेर सुनुवाइ गर्न लागेका हुन् ।
आजको इजलासले उक्त फैसला पुनरावलोकन गर्न स्वीकृति दिने वा नदिने निर्णय गर्ने अदालत श्रोतले बताएको छ । दाहालको पुनरावलोकन मुद्दामा आज प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले सुनुवाइ गर्दैछ ।
Post Views: 468
Leave a Reply