पूर्वप्रधानन्यायाधीश एवं संविधानविद्ले न्यायाधीशको भूमीकाका कारण स्वतन्त्र न्यायपालिका माथि प्रश्न उठेको बताएका छन् । काठमाडौंमा आयोजित एक अन्तरक्रियामा पूर्वप्रधानन्यायाधीश, संविधानविद् तथा वरिष्ठ अधिवक्ताले न्यायाधीशको प्रवृत्ति र भूमीकाका कारण स्वतन्त्र न्यायापालिकाको क्षमतामाथि आशंका बढ्दै गएको बताएका हुन ।
नियुक्तिमा भागवण्डा र राजनीतिक दलहरुको पक्ष–विपक्षमा लाग्ने प्रवृत्ति कतिपय न्यायाधीशमा देखिएको उनीहरुको आरोप छ । पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीले न्यायाधीशहरु स्वतन्त्र हुन्छन भनिएपनि कतिपय न्यायाधीशहरुले जानीजानी परतन्त्रबाट प्रभावित हुने गरेको अनुभव बताइन् ।
स्वतन्त्र न्यायपालिका भनिएपनि आफै परतन्त्र हुन जाने र नेताका बैठकमा गई सल्लाह गरेर अदालत चलाउन जाने प्रवृति रहेको उनको आरोप छ । त्यस्तै, संविधानविद् भीमार्जुन आचार्यले संवैधानिक इजालासले आफ्नो गरिमा र औचित्यलाई कही कतै पनि प्रदर्शन गर्न नसकेको आरोप लगाए ।
संवैधानिक इजलासमा रहेका कतिपय संवेदनशील मुद्दाहरु लामो समयसम्म पनि सो–कज हुन नसक्नु यसैको उदाहरण भएको उनको भनाइ छ । संविधानविद टिकाराम भट्टराईले अदालतबाट भएका कतिपय फैसलाका कारण न्यायाधीशप्रतिको श्रद्धा गुमेको बताए । कार्यक्रममा राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले अदालतले मुद्दाको गाम्भिर्यता हेरेर समयमै फैसला गर्न नसकेको आरोप लगाए । समयमै फैसला गर्न नसक्ने अदालत किन चाहियो भन्दै उनले प्रश्न समेत गरे ।
Leave a Reply