ग्लोबल टिभि
0
नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतलको फैसलामा पुनरावलोकनको अनुमति नदिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको पुनरावलोकन निवेदन सुनुवाईका लागि अनुमति नदिएको हो ।
गत २३ फागुनमा न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले दाहाल–ओली नेतृत्वको नेकपाको वैधानिकता खारेज गरेको थियो । उक्त फैसलाविरुद्ध दाहालले मंगलबार पुनरावलोकनको लागि सर्वोच्चमा निवेदन दिएका थिए ।
Post Views: 1,758
Leave a Reply