प्रस्तावित न्यायाधीशद्वयको संसदीय सुनुवाई प्रकृया सुरु

 ग्लोबल टिभि      बिहिबार, चैत्र १९, २०७७      0

सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ । संघीय संसदको संसदीय सुनुवाई समितिको चैत्र ४ गतेको बैठकको निर्णयले उनीहरुको नियुक्ती गर्न उपयुक्त/अनुपयुक्त भन्ने कसैलाई लागेमा स्पस्ट आधार खोली समिति समक्ष १० दिन भित्र उजुरी दिन सूचना जारी गरेको थियो । यो अवधिभित्र सात वटा उजुरी परेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिको आजको बैठकले उक्त उजुरीहरु खोली समिति सदस्यहरुलाई वितरण गरेको छ । बैठकले यही चैत्र २२ गते उजुरीकर्तालाई बोलाई छलफल गर्ने र चैत्र २५ गते प्रस्तावित न्यायाधीशहरुलाई बोलाई सुनुवाई गर्ने निर्णय समेत गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *