माओवादी र जसपाको कारण नयाँ सरकार गठन प्रकृयामा ढिलाई– नेपाली काँग्रेस

 ग्लोबल टिभि           0

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले माओवादी र जसपाको कारण नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन नसकेको बताएका छन् । बिहीबार संचारकर्मीसंग कुराकानीका क्रममा प्रवक्ता शर्माले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता नलिएको र जसपा वर्तमान सरकारलाई विस्थापन गर्ने विषयमा ठोस निर्णयका साथ नआएको कारणले नयाँ सरकार गठनको प्रक्रिया आरम्भ हुन नसकेको बताए ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्दा र जसपा गणितिय रुपमा एकढिक्का भएर उभिदा मात्रै नेपाली कांग्रेसको अथवा अन्य कुनै दलको नेतृत्वमा सरकार बन्ने अवस्था आउने उनको ठम्याइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *