प्रधानमन्त्रीले सचिवहरूलाई निर्देशनात्मक सम्बोधन गर्ने

 ग्लोबल टिभि      मङ्लबार, पुस १९, २०७९      0

पुस १९ – प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले आज सचिवहरूलाई निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् । सोमबार सचिवहरूको राय लिएका प्रधानमन्त्री प्रचण्डले आज सविचहरुलाई निर्देशनात्मक सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले ११ बजे सिंहदरबारमा निर्देशनात्मक सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकरी दिए । नयाँ सरकार गठन भएपछिको परिस्थितिका विषयमा प्रधानमन्त्री प्रचण्डले सचिवहरुलाई निर्देशन दिने शर्माको भनाई छ ।

‘भ्रष्टाचार नियन्त्रण, सुशासन अभिवृद्धि र सार्वजनिक सेवालाई प्रभावकारी बनाएर जनताको जिउ धन सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ज्यूले सचिव ज्यूलाई निर्देशन दिन लाग्नु भएको हो’, प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माल भने ।

जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकार थुप्रै आलोचित भइरहेको पाइन्छ । प्रचण्डले विश्वासको मत लिनु पूर्व नै जनताको विषयमा सहज र सकारात्मक बन्न सचिवलाई निर्देशन दिने भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *