भारतीय राजदूतले उपप्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो

 ग्लोबल टिभि           0

पुस २० – नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका छन् ।

भेटका लागि मन्त्रालय पुगेका राजदूत श्रीवास्तवले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई एंव नयाँ कार्यकालको शुभकामना दिँदै भारत भ्रमणकोसमेत निम्तो दिए ।

भेटवार्तामा समसामयिक विषयमा छलफल भएको बताइएको छ । राजदूत श्रीवास्तवले नेपालको विकास निर्माणका लागि अहिलेसम्म भइरहेको भारतीय सहयोग भावी दिनमा पनि कायम रहने उल्लेख गरे ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *