अर्थमन्त्रालयका दुई सचिव फेरिए

 ग्लोबल टिभि      बिहिबार, पुस २१, २०७९      0

पुस २१ – अर्थमन्त्रालयका सचिवद्वय फेरिएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिवमा तोयम राय र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याउने निर्णय गरेको हो ।

तोयम राय अहिले वाणिज्य सचिव छन् । घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छन् । हाल मन्त्रालयमा कृष्णहरि पुष्कर अर्थसचिव र राजस्वमा रामेश्वर दंगाल थिए ।

राय यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव थिए । उनीसँग अर्थमन्त्रालयमा समेत काम गरेको अनुभव छ । यसैगरी उनले भन्सार विभागमा पनि काम गरिसकेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *