डम्बर चौलागाईं, दोलखा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखामा नयाँ नेतृत्वका लागि दुई वटा प्यानलले उम्मेदवारी दर्ता गराएका छन् । प्रेस युनियनबाट दीपशंकर चौलागाई र प्रेस चौतारीबाट केदारी शिवाकोटीले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
महासंघको विभिन्न २६ पदका लागि प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव) समुहको संयुक्त प्यानलबाट चौलागाईं र चौतारीबाट शिवाकोटी समूहले निर्वाचनमा भाग लिने भएका छन् ।
गठबन्धनका तर्फबाट अध्यक्षमा चौंलागाई, उपाध्यक्षमा सिर्जन कुमार घिमिरे, महिला उपाध्यक्षमा सिर्जना थापा, सचिवमा दिलबहादुर केसी, सहसचिवमा बलराम शिवाकोटी, समावेशी सहसचिवमा फुर्वा तामाङ र कोषाध्यक्षमा नविन कुमार खतिवडा रहेका छन् ।
त्यस्तै शिवाकोटी नेतृत्वको समूहबाट उपाध्यक्षमा शेरबहादुर भुजेल, महिला उपाध्यक्षमा मन्दिरा थापा, सचिवमा बिनिता शिवाकोटी, सहसचिवमा उषा तामाङ, विमला बुढाथोकी र कोषाध्यक्षमा गायत्री आचार्य रहेका छन् ।
दोलखामा १६ सदस्यीय पदाधिकारी तथा १० जना राष्ट्रिय र प्रदेश प्रतिनिधि परिषद सदस्यको निर्वाचन हुने निर्वाचन समितिका संयोजक शम्भु गौतमले जानकारी दिए । महासंघ दोलखामा एक सय १२ जना सदस्य संख्या रहेका छन् । पत्रकार महासंघको निर्वाचन आगामी चैत्र २५ गते हुँदैछ ।
Leave a Reply