नेकपा एमाले केपी शर्मा ओली समूहका सांसद गोकुल बास्कोटाले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिन माओवादीलाई चुनौति दिएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले यस्तो चेतावनी दिएका हुन् । सरकारलाई दिएको समर्थन फिर्ता लिए राजनीति नयाँ ढंगले अघि बढ्ने उनको भनाइ छ ।
उनले भने, ‘सरकार कसरी हुन्छ कामचलाउ ? सरकार गठन भएको जगभित्र के छ ? समर्थन आफु गर्ने, सर्मथन फिर्ता लिन नसक्ने , अर्को सरकार बनाउनका लागि निम्ति कुनै एजेण्डा प्रस्तुत गर्न नसक्ने काम चलाउ भयो ? कसरी काम चलाउ भयो ? विश्वासको मत प्रधानमन्त्री केपी ओलीलाई कसले दिएको हो हिजो ? फिर्ता लिनोस् । अर्को विषय सुरुवात हुन्छ होला नि त । बन्दी बनाएर हामी जान सक्तैनौ । आफै अड्काउने आफै पट्काउने ? के गर्ने हो गर्नुहोस् । राजनीतिको मैदान खुल्ला छ । ’
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तर्फ इंकित गदै चुनाब देखि डराउनेहरुले ताजा जनादेशका लागि निर्वाचनमा जाने प्रधानमन्त्रीको कदमलाई प्रतिगमन भनेको टिप्पणी गरे । उनले केपी ओली नेतृत्वको सरकार विकास निर्माण, जनताको सेवा, राष्ट्रिय स्वाधिनता र स्वभिमानका विषयमा खरो रुपमा उत्रिएको दावी गरे ।
Leave a Reply