बर्दियाको नरभक्षी बाघ चिडियाखाना ल्याइयो

 ग्लोबल टिभि           0

बर्दिया राष्ट्रिय निकुञ्जमा गैडा गणनामा खटिएका व्यक्तिलाई आक्रमण गर्ने नरभक्षी बाघलाई ललितपुर स्थित सदर चिडियाखानामा ल्याइएको छ । निकुन्जको टोलीले आइतबार साँझ नियन्त्रणमा लिएको बाघलाई आज बिहान ललितपुरको जावलाखेलस्थित केन्द्रीय सदर चिडियाखानामा ल्याइएको हो ।

आइतबार गैडा गणना गरी फर्कने क्रममा हात्तीलाई घाँस काट्दै गरेको अवस्थामा पुलिसराम थारुको सोही बाघको आक्रमणबाट ज्यान गएको थियो ।  निकुञ्जका कर्मचारीलाई मारेपछि उक्त बाघलाई डार्ट हानेर नियन्त्रणमा लिईएको थियो । १० वर्षको सो भाले बाघलाई बर्दियाबाट गाडीमा राखेर ललितपुर ल्याइएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ति क्षेत्र र खाता जैविक मार्ग वरपर केही महिना यता सिलसिलाबद्ध रुपमा बाघले मानिसमाथि आक्रमण गरिरहेको छ । साउनयता मात्रै बाघको आक्रमणबाट १० जना मानिसको मृत्यु भएको छ । बर्दिया निकुञ्जले अहिलेसम्म ४ वटा नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *