प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा अन्योल

 ग्लोबल टिभि      आइतवार, चैत्र २९, २०७७      0

गण्डकी प्रदेश सरकारको प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने बहुप्रतिक्षित योजना तीन वर्ष देखि अन्यौलमा छ । डेढ अर्ब लगानीमा बनाउने भनिएको क्रिकेट रंगशालाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको बर्ष दिन भए पनि अहिलेसम्म टेण्डर प्रकृया अघि बढेको छैन । रंगशाला निर्माणका लागि पोखरा–३३ पशुपतिघाटको १ सय ७४ रोपनी क्षेत्रफलको जग्गा केन्द्रिय सरकारले उपलब्ध गराएको हो ।

१८ हजार दर्शक क्षमताको रंगशालामा टी–२०, एक दिवसिय र टेस्ट म्याच खेल्न मिल्ने बिभिन्न सात वटा पीच तयार पार्ने डीपीआरमा उल्लेख छ । मैदानमा सात वटा पीच, भिभिआइपी, भिआइपी, खेलाडी कक्ष, चेञ्जिङ रुम, मिडिया कक्ष, पार्किङ लगायत संरचना बन्ने जनाइएको छ ।

गण्डकी प्रदेशकै प्रतिष्ठाको विषय बनाइएको यो रंगशाला निर्माणको काम अघि बढ्न नसक्दा बिभिन्न आशंका उब्जिएका छन् । क्रिकेट रंगशालाका लागि चालु आर्थिक वर्षमा नै दुई करोड रुपैयाँ विनियोजन भएको र केही समयमा नै टेन्डरमा जाने क्रिकेट संघ कास्कीका अध्यक्ष सन्जयकान्त सिग्देलले बताए ।

रंगशालाको पश्चिम भागमा सेती नदीले वर्षेनी जग्गा कटान गर्दै आएको र संरक्षणका लागि छुट्टै डिपिआर आवश्यक पर्ने देखिए पछि रंगशाला निर्माण कार्य नै रोकिएको छ । रंगशालाको डीपीआरमा नदी कटान क्षेत्रको संरक्षण कसरी गर्ने भन्ने निक्र्यौल नहुदाँ निर्माण कार्य अघि बढ्न नसकेको सरकारले बताएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *