हरि जिसी, पाल्पा । नागरिक अधिकारका लागि पैरवी गर्ने अधिकारकर्मीको सुरक्षामा सरकार गम्भिर भएर लाग्नुपर्ने सरोकारवालाले बताएका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पाले आयोजना गरेको कार्यक्रममा सहभागीले नागरिक अधिकारका पक्षमा अग्रपंक्तिमा रहने मानव अधिकार रक्षकको संरक्षणमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले गृह मन्त्रालय मानव अधिकार रक्षकहरूको सुरक्षामा सचेत रहेको बताए ।
उनले आफु शक्तिहीन हुँदा मेरो पनि मानव अधिकारको रक्षा हुनुपर्छ भन्ने कुरालाई आत्मसात गर्ने हो भने समस्या नआउने बताए । यस्तै, जिल्ला प्रहरी कार्यलय पाल्पाका प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराईले नेपाल प्रहरी मानवअधिकारकर्मीको सुरक्षा र मानवअधिकार रक्षाका लागि सदैब प्रतिबद्ध रहेको स्पष्ट पारे । कार्यक्रमका अन्य सहभागीले सरकारले मानव अधिकार रक्षकहरूको संरक्षण र सुरक्षाका लागि ल्याएको आदेश पूर्ण नभएपनि सराहनीय रहेको र सरोकारवाला निकायले कार्यान्वयनमा ध्यान दिनुपर्ने धारणा राखेका थिए ।
Leave a Reply