न्यौपानेको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय दोलखामा

 ग्लोबल टिभि      शुक्रबार, बैशाख १०, २०७८      0

हिजो निधन भएका नेपाली काँग्रेस दोलखाका पूर्वसभापति देवी प्रसाद न्यौपानेको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय चरिकोटमा राखिएको छ ।

न्यौपानेलाई श्रद्धाञ्जली दिन नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत र नेता कान्छाराम तामाङ सहितका नेता कार्यकर्ता दोलखा पुगेका छन् ।

न्यौपानेको आजै अन्तिम संस्कार गरिने परिवार श्रोतले जनाएको छ ।

पूर्व शिक्षक समेत रहेका न्यौपाने दुई पटकसम्म नेपाली काँग्रेस दोलखा जिल्लाका पार्टी सभापति भएका थिए । उनी जिल्लामा इमन्दार र पुराना राजनीतिज्ञको रुपमा परिचित छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *