कोरोना परीक्षण ल्याव संचालनमा

 ग्लोबल टिभि           0

डम्बर चौलागाईं, दोलखा । दोलखा सदरमुकाम चरिकोटमा कोरोना भाइरस संक्रमण परीक्षण गर्न ल्याव स्थापना गरिएको छ । ल्यावको बुधबार जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे र भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले उद्घाटन गरे ।

उद्घाटनपछि जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डले जिल्लामै प्रयोगशाला संचालनमा आएकोले परीक्षणको दायरा बढ्ने बताए । उक्त ल्यावबाट तीन घण्टामै पीसीआर रिपोर्ट आउने चिकित्सकले बताएका छन् । । ल्यावमा एक पटकमा सय जनाको स्वाब परीक्षण गर्न सकिने चिकित्सकले जानकारी दिए ।

यसअघि जिल्लामा संकलन भएको स्वाब परीक्षणका लागि धुलिखेल वा शुक्रराज ट्रपिकल अस्पताल टेकु पठाउने गरिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *