ग्लोबल टिभि
0
वीरगन्ज महानगरपालिकाकी उपमेयर ९१ वर्षीया शान्ति कार्कीले कोरोनालाई जितेकी छिन् । कोरोना संक्रमण पुष्टी भएपछि अस्पताल भर्ना भएकी उनी दुई सातामा कोरोनाबाट निको भएकी हुन् ।
बुधबार गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आज बिहान उनी अस्पतालबाट निस्केकी हुन् । उनी महानगरले नै चलाएको कोभिड–१९ अस्पतालमा १३ दिन बसेकी थिइन् । उपचाररत रहँदा उनको स्वास्थ्यमा कुनै पनि प्रकारको जटिल समस्या नआएकोे उपचारमा संलग्न चिकित्सकले बताएका छन् । कार्की २०७४ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन ।
Post Views: 1,634
Leave a Reply