रामेछापका विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री सहयोग

 ग्लोबल टिभि      आइतवार, जेष्ठ ९, २०७८      0

रामेछाप । रामेछाप काठमाडौ संपर्क समितिको पहलमा जिल्लाका विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ । संपर्क समितिका अध्यक्ष राजननारायण श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला सदस्य रामकृष्ण ढुंगेल, नेपाली काँग्रेसका प्रदेश क्षेत्रीय सदस्य बिराज श्रेष्ठ तथा तरुण दलका क्षेत्रीय उपाध्यक्ष सुजन ढुंगेल लगायतका नेताको सहयोगमा उक्त स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो ।

जिल्लाका खाँडदेवी गाउँपालिका वडा नं ५ अन्तरगतको भोटेचौर स्वास्थ्य चौकी, वडा नं ४ को खडादेवी आधारभुत स्वास्थ्य चौकी, खडादेवी स्वास्थ्य इकाइ, सान्ने वडा न. ३ स्थित सामुदायिक स्वास्थ्य इकाइ भिरपानी लगायतका स्वास्थ्य संस्थामा उक्त सामाग्री उपलब्ध गराइएको हो ।

विभिन्न १३ प्रकारका स्वास्थ्य सामाग्रीमा नर्मल वेड सेट, सिटामोल सिरफ, सिटामोल, जिङक ट्याबलेट, भिटामिन सी, मास्क, ह्यान्ड वास, सेनिटाइजर लगायतका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *