तामाकोशी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह

 ग्लोबल टिभि           0

पहिरोका कारण चीनतर्फ तामाकोसी नदीको प्रवाह रोकिएको भन्दै जिल्ला प्रशासन कार्यालय दोलखाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

शुक्रबार एक सूचना जारी गरी नेपाल–चीन सीमा क्षेत्रमा रहेको तिङग्री काउन्टीको रोङ्जिया सहरमा पहिरोले नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको बताएको हो । तामाकोसी नदीमा जुनसुकै बेला पानीको मात्रा बढ्नसक्ने भएकाले सतर्क रहन सूचनामा आग्रह गरिएको छ । नेपाल–चीन सीमा क्षेत्रमा रहेको रोङ्जी सहर र आसपासमा भारी वर्षा भइरहेको र पहिराले नदीको प्रवाह रोकिन गएको सूचना प्राप्त हुन आएको प्रशासनले जनाएको छ ।

कुनै पनि समयमा तामाकोसी नदीमा पानीको मात्रा बढेर बाढी आउन सक्ने आँकलन गरिएको छ । त्यसैले तामाकोसी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने सबै सतर्क र सजक रहन आग्रह गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *