२० वर्षपछि योगीलाई न्याय

क्षतिपूर्ति बाफतको रकम १ करोड ४ लाख ९७ हजार ८ सय ६६ पाउने

 ग्लोबल टिभि      सोमवार, कार्तिक २२, २०७८      0

रोशन वली

दाङ,कार्तिक २२गते ।
करिब २० बर्षको निरन्तर प्रयासमा राप्ती समिति दाङका भरतनाथ योगीले न्याय पाउनु भएको छ । सशस्त्र द्वन्द्वकालको बेला तत्कालीन अवस्थामा सेनाले योगीका गाडीहरु नियन्त्रणमा लिई प्रयोग गरेता पनि उचित क्षतिपूर्ति नदिएपछि उहाँ क्षतिपूर्तिको माग गर्दै सर्बोच्च अदालत पुग्नु भएको थियो ।

योगीको पक्षमा फैसला गर्दै सर्बोच्च अदालतले सो समयको क्षतिपूर्ति बाफतको रकम १ करोड ४ लाख ९७ हजार ८ सय ६६ सिफारिस गर्न जिल्ला प्रसासन कार्यालय दाङको नाममा र रकम उपलब्ध गराउन सरकारको नाममा उत्प्रेषणयुक्त परमादेश जारी गरेको छ ।

फैसला आफ्नो पक्षमा आएपछि प्रतिक्रिया दिदै योगीले तत्कालीन अबस्थामा सेनाले माओबादीलाई मालसामान बोक्न गाडी सहयोग गरेको आरोपमा आफ्ना सबै गाडी नियन्त्रणमा लिई क्षतीपूर्ति नदिएको भन्दै पटक-पटक माओबादी सरकारमा गएर पनि आफ्नो कुरा सुनुवाइ नगर्दा अदालत गएको र लामो समयपछि न्याय पाउँदा खुसी लागेको बताउनु भयो । योगीको पक्षबाट अधिबक्ता डा. भिमार्जुन आचार्यले बहस गर्नु भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *