मोरङमा युवाको हत्या गरेको आरोपमा चारजना पक्राउ

 ग्लोबल टिभि      बिहिबार, मंसिर २, २०७८      0

विराटनगर,मङ्सिर २गते । मोरङको बुढीगङ्गा गाउँपालिका–६ कोयलपुरमा एक युवाको हत्या गरेको आरोपमा चारजना पक्राउ परेका छन् । युवाहरूबीच सामूहिक झगडामा धनकुटा पाख्रीबास स्थायी घर भई इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरा गरी बस्ने २६ वर्षीय रिजन दाहालको हत्या भएको थियो ।

प्रहरीकाअनुसार पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ७ का २१ वर्षीय बिक्रम खड्का, बुढिगङ्गा ६ का २४ वर्षीय इश्वर लिम्बू, सोही ठाउँका १८ वर्षीय सुदीप उराँव र २० वर्षीय सुदीप उराँव छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले उनीहरुविरुद्ध मोरङ जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको छ ।
आइतबार राति बुढीगङ्गा–६ मा बर्थडे पार्टीमा विवाद हुँदा समूह झगडामा दाहालको हत्या भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *