रोल्पा जाँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु ,११ जना घाइते

 ग्लोबल टिभि      बिहिबार, मंसिर २, २०७८      0

रोल्पा,मङ्सिर २गते ।

दाङ्को घोराहीबाट रोल्पाको लागि छुटेको बस बाटैमा दुर्घटना भएको छ ।
बसमा सवार  चार जना यात्रुको घटना स्थलमा मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका २ मा दुर्घटना भएको हो ।
दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएको रोल्पा प्रहरीले जनाएको छ । बस शहिदमार्गअन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलामा दुर्घटनामा परेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।
बसमा सवार १८/२० जना सवार रहेको अनुमान गरिएको छ । बस सडकदेखि १०० फिट तल खसेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *