दार्चुलाको छाङरू र तिंकरमा जनगणना गर्न समस्या ,हेलिकप्टरबाट जाने व्यवस्था मिलाउन माग

 ग्लोबल टिभि      आइतवार, मंसिर ५, २०७८      0

धनगढी, मंसिर५गते ।
संयुक्त विद्यार्थी संगठनले जनगणना गर्ने गणकलाई दार्चुलाको छाङरू र तिंकरसम्म हेलिकप्टरबाट जाने व्यवस्था मिलाउनुपर्ने माग गरेको छ।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सात विद्यार्थी संगठनले गणकको टोलीलाई भारतले गणना गर्न जान अनुमति नदिएपछि हेलिकप्टरबाट पुर्‍याउनुपर्ने माग गरेका हुन्।

जनगणना सकिन लाग्दा पनि दार्चुलाको व्यास गाउँपालिकामा पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापनी क्षेत्रको जनगणना नभएकोप्रति सम्बन्धित निकाय र राज्यको ध्यानाकर्षण विज्ञप्तिमार्फत गराइएको छ।
त्यहाँ गणक पुग्न नसके सेटेलाइट, गुगल फोटो, सीमाक्षेत्रका जनतासँग सोधपुछ वा अन्य विकल्पबाट गणना गर्नु जिल्ला प्रशासन कार्यालयसँग र अन्य सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल (क्रान्तिकारी), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, समाजवादी विद्यार्थी युनियन, अखिल छैठौं र वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले विज्ञप्ती जारी गरेको हो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *