बैतडीमा जन्ती बोकेको जीप दुर्घटनामा चारको मृत्यु, सात घाइते

 ग्लोवल टि.भी.      सोमवार, मंसिर ६, २०७८      0

बैतडी, मङ्सिर ५ गते । बैतडीमा जन्ति बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृतक मध्ये तीन जनाको सनाखात भएको छ । मृत्यु हुनेमा दशरथ चन्द नगरपालिका–६, का खेमसिंह कार्की, प्रेम चन्द, र तारा थापा रहेका छन् ।
दुर्घटनामा सात जनाको हाताहाती भएको यातायात व्यवसायि त्रिलोचन थापाले बताउनुभयो । थापाले भन्नुभयो, “तीजनाको सव फेला परेको छ । बेहोस हुनु भएका दशरथचन्द नगरपालिका–६, का राजु चन्द र अर्क चन्दलाई अस्पताल पठाईएको छ । रातिको समय भएकोले उद्धार गर्न कठिनाई भईरहेको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।”
आईतबार बेलुकी ८ः १५ बजे दशरथचन्द नगरपालिका–४,कलुवाडको मोडमा दुर्घटनामा परेको म १ ज ३१० नम्बरको जिपमा सवार चार जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको जिप दशरथचन्द नगरपालिका–२ देहिमाण्डौको थलाल गाउँबाट जन्ती बोकेर दशरथ चन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको हो ।
घटनाको थप विवरण आउँन बाँकी रहको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *