बुटवलमा ट्रकको ठक्करबाट बाबु–छोराको मृत्यु

 ग्लोबल टिभि      शनिबार, मंसिर ११, २०७८      0

 

बुटवल,मङ्सिर ११गते । रुपन्देहीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदीप रहेका प्रहरीले जनाएको छ।
बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते उनीहरुलाई युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा लगिएको थियो ।

तर अस्पतालले मृत घोषणा गरेको रुपन्देही प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *