रकम असुली गुण्डागर्दीको आरोपमा काठमाडौंबाट २ जना पक्राउ

 ग्लोबल टिभि           0

काठमाडौं ,मङ्सिर २०गते।
रकम असुली र गुण्डागर्दी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुईजनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–७ घर भएका मिलन जोशी र दोलखाको भीमेश्वर नगरपालिका घर भएका रविन्द्र बस्नेतलाई पक्राउ गरिएको अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।
उनीहरुले पानीपोखरीमा रहेको युनिभर्सल इन्टरनेशनल मेनपावरबाट विदेश जानेहरू बापत प्रतिव्यक्ति २५ हजार कमिशन लिने गरेको आरोप छ । ‘हामी यो एरियाको दादा हौं’ भनेर उनीहरुले ९० लाखभन्दा बढी रकम लिएको मेनपावर सञ्चालकले प्रहरीसँग दावी गरेका छन् ।
मंसिर १६ मा जोशी र बस्नेतले मेनपावर सञ्चालक पत्नी र कर्मचारीलाई कमिशन नदिएको भन्दै हातपात गरेका थिए । आइतबार उनीहरुलाई मित्रपार्कबाट पक्राउ गरेर आपराधिक लाभ लिएको कसुरमा थप अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको एसएसपी खापुङले बताए ।
४० वर्षका मिलन जोशी काठमाडौं महानगरपालिका–७ स्थित गंगाहिटीमा बस्दै आएका छन् । ३५ वर्षीय रविन्द्र बस्नेत बालुवाटार बस्छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *