धनगढीमा मृत फेला परेका प्रहरी हवल्दारमा कोरोना पुष्टि

 ग्लोबल टिभि           0

धनगढी- माघ १५ गते बुधबार धनगढीमा मृत फेला परेका प्रहरी हवल्दारलाई कोरोना संक्रमण रहेको पुष्टि भएको छ।

मृत्युपछि पोस्टमार्टम गर्नुअगि कोरोना परीक्षण गरिएकोमा प्रहरी हवल्दार रमेशदत्त जोशीको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए।
उनी बिरामी रहेको र कोरोनाको लक्षणसमेत देखिएकाले परीक्षण गर्न लगाएको जोशीले बताएका छन्। मृतक जोशीको पोस्टमार्टम रिपोर्ट आइनसकेको र शवबाट लिइएका नमूना भिसेरा परीक्षणका लागि समेत पठाइएका समेत प्रहरी नायब उपरीक्षक जोशीले बताए। उनले सबै रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने बताएका छन्।

जोशी सुदूरपश्चिमकी आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका पर्सनल सेक्युरिटी अफिसर(पिएसओ)समेत रहेका थिए।

प्रहरी हवल्दार जोशी धनगढी-३ गुरुद्द्वारमार्गस्थित आफ्नै घरमा बस्दै आएका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *