वडाध्यक्षलाई कालो मोसो दले:विप्लवका कार्यकर्ता

 ग्लोबल टिभि           0

काठमाडौं,माघ २७गते । बेलडाँडी गाउँपालिका–२ का वडाध्यक्ष प्रेम खातीलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले कालो मोसो दलेका छन्। बिहीबार ६–७ जनाको समूहमा रहेका विप्लव कार्यकर्ताले वडा कार्यालयमै वडाध्यक्ष खातीलाई कालो मोसो दलेका हुन्। उनी कञ्चनपुर बेलडाँडी गाउँपालिका–२ का वडा अध्यक्ष हुन् ।

वडाध्यक्षले भ्रष्टाचार गरेकाले ‘जनकारबाही स्वरुप’ कालो मोसो दलिएको विप्लव निकट युवा संघले बताएको छ। वडाध्यक्षले वडा कार्यालय गाउँपालिकामा राखेर अन्तै भाडा दिएको, लघुवित्तहरुलाई जमिनसहित १५ लाख दिएको, मनोमानी रुपमा कर्मचारी भर्ना गरेको, उपभोक्ता समितिद्वारा आफूअनुकूल काम गरेको आरोप विप्लव समूहले लगाएको छ।
वडाअध्यक्षले गाउँपालिका कार्यालयको पछाडि रहेको एकल महिलाहरुका लागि बनाएको भवनमा आर्थिक अनियमितता गरेको, वडा कार्यालयमा नजाने र कालिकिच उपभोक्ता समितिद्वारा निर्माण गरिएको सडकमा समेत आर्थिक अनियमितता गरेको युवा संगठन नेपाल कञ्चनपुरको आरोप छ।

वडाध्यक्षलाई कालोमोसो दलेर दुर्व्यवहार गर्नेलाई प्रहरीले अहिलेसम्म भेट्टाएको छैन। एकजनाको पहिचान भएको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *