ग्लोबल टिभि
शनिबार, फाल्गुन २८, २०७८
0
बुटवल-फागुन २८गते। सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले गृहमन्त्री बालकृष्ण खाणलाई कालो झण्डा देखाएका छन्।
रुपन्देहीका विभिन्न कार्यक्रममा सरिक भएर नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले रोहिणी गाउँपालिका-३ स्थित धकधईमा शनिबार आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जाने क्रममा गृहमन्त्री खाणलाई उनीहरूले कालो झण्डा देखाएका हुन्।
जनमत पार्टीले उठाउँदै आएको मागप्रतस सरकार मौन रहेकाले गृहमन्त्रीविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाइएको जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले बताए। उनले आफूहरूको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताए।
Post Views: 849
Leave a Reply