तनहुँ दुर्घटनामा परी तीन जनाको मृत्यु

 ग्लोबल टिभि      आइतवार, फाल्गुन २९, २०७८      0

तनहुँ,फागुन २९गते । तनहुँको आँबुखैरेनी गाउँपालिकाको ऐनापहरामा बस र टाटासुमो ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका– ८ स्थित ४५ वर्षीय लक्ष्मी कुमारी शाही, ३६ वर्षीय ओमप्रकाश गुरुङर ७३ वर्षीय रुद्रबहादुर सेन रहेका छन् । मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको ग ३ च ६०१२ नम्वरको टाटासुमो एकआपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भएका ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा १० जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको चितवन मेडिकल कलेज र दुई जनाको आँवुखैरेनी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *