चैत्र ४
रंगहरुको पर्व होली अर्थात् फागु पर्व । तराईमा पनि विशेष उत्साहका साथ मनाइएको छ ।
पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । फगुवा खेल्ने अर्थात् फागु पूर्णिमामा तराई मधेसमा बेग्लै रौनक हुन्छ । होलीको अवसरमा तराइका जिल्लाहरुमा आज सार्वजनिक विदा समेत दिइएको छ ।
रंगहरुको पर्व होली अर्थात् फागु पर्व आज पनि हर्षोल्लासपूर्वक मनाइँदैछ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । होली पर्वको परम्परा ऋतुराज वसन्तका मित्र मदन अर्थात् कामदेवको पूजाबाट शुरू भएकाले यस उत्सवलाई मदनोत्सव या वसन्तोत्सवका रूपमा पनि मनाइन्छ ।
भौगोलिक संरचना र मान्यताअनुरूप हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन ‘फागु’ को रुपमा मनाइने यो पर्व तराईमा पूर्णिमाको भोलिपल्ट होली मनाइन्छ । असत्यमाथि सत्यको प्रतिक, छलमाथि निष्छलता, अनेकतामा एकता, अधर्ममाथि धर्मको विजयको प्रतीकका रुपमा यो पर्व मनाइन्छ ।
मधेशमा होरी, होली, फगुवा र फागुका नामले मनाइने यो पर्व प्रेम र स्नेहको चाडको रुपमा पनि लिइन्छ । सबै प्रकारका भेदभावलाई भष्म गरी सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ ।
हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै मनाइने यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहका साथ पर्वको रुपमा तराईमा मनाइन्छ । वैदिक यज्ञसँग जोडिएको होरीमा आगोमा चीर डढाउने यो पर्वमा मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन पनि छ ।
फागुन पूर्णिमाका दिन तराई–मधेशमा कतिपय परिवारमा कुलदेवतालाई नैवेद्य चढाउने प्रचलन रहेको छ । जसलाई मैथिली भाषामा ‘पातरि’ भनिन्छ । तराईमा आजै राति सामूहिकरूपमा होलिका दहन गरिन्छ ।
तराईका धेरै ठाउँहरूमा पारम्परीक नटुवा नृत्यका साथ नटुवाहरु नाच्दछन् ।सांस्कृतिक महत्वका साथै वैज्ञानिक महत्व रहेको यस पर्वमा खेलिने रङ र अबिरले छालाको रोग निवारण गर्ने, खोकी नाश गर्ने, होलिका दहनको धुवाँबाट शीतकालजन्य रोग नाश हुने, खरानीले दृष्टात्माको कुदृष्टि समेत नपर्ने धार्मिक मान्यता रहि आएको छ ।
Leave a Reply