मानवअधिकारको विषयलाई शिक्षाको अभिन्न अङ्ग बनाउनुपर्नेमा जोड

 ग्लोबल टिभि      बुधबार, फाल्गुन १९, २०७७      0

हरि जि.सी., पाल्पा । नेपाल मानव अधिकार सगठनका केन्द्रीय अध्यक्ष महामुनिश्वर आचार्यले मानवअधिकारको विषयलाई शिक्षाको अभिन्न अङ्गका रुपमा लिनुपर्ने बताएका छन् । पाल्पाको तानसेनमा भएको नेपाल मानव अधिकार संगठन लुम्बिनी प्रदेश परिषद बैठक तथा प्राशिक्षणमा उनले यस्तो धारण राखेका हुन् ।

त्यस्तै, सगठनका केन्द्रीय महासचिवले बिजुल बिश्वकर्माले विश्वभरका मानिसहरु विभिन्न राष्ट्रका राष्ट्रिय सिमानाभित्र रहि सम्बन्धित राष्ट्रको नागरिकको रुपमा रहेकाले कुनै एक राष्ट्रले विश्वभरिका मानिसहरुका लागि मानव अधिकारको सिर्जना गर्न नसक्ने तर्क गरे ।

लुम्बिनी प्रदेशका सांसद पुरन बज्राचार्यले मानव अधिकारलाई शान्ति र विकासको मूल आधारको रुपमा स्वीकार गर्नुपर्नेमा जोड दिए । त्यस्तै, सांसद बिर बहादुर रानाले मानव अधिकार आयोगका पदाधिकारी योग्यता र क्षमताको आधारमा नियुक्त हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता धनेन्द्रराज घिमिरे, नेपाली काँगे्रसका लिल्ला सचिव अजयमान कर्माचार्यले लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *