उपमेयर डंगोलले फेला पारिन् बजार अनुगमनका क्रममा अखाद्य सामग्री

 ग्लोबल टिभि      मङ्लबार, अशोज ११, २०७९      0

असोज ११ –काठमाडौं महानगरपालिकाले दसैँलक्षित बजार अनुगमन सुरु गरेको छ । मंगलबार महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको टोलीले दसैँ लक्षित बजार अनुगमन गरेको हो ।

उपमेयर डंगोलको टिमले टुकुचास्थित तरकारी बजार, खाद्यान्न पसल, मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका स्टोरमा अनुगमन गरेको छ । टोलीले महानगरभित्र रहेको भित्रि पसलमा गएर सामानको बिल, रजिस्ट्रेसन गरे नगरेको सामानको उत्पादन मितिको जाँच गरेको थियो ।

बजार अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपमेयर डंगोलले बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइएको बताइन् । उनले कतिपयलाई दर्ता गराउने कुरा नै थाहा नभएको पाइएको र उनीहरूलाई सचेत गराइएको बताइन् । उनले बेच्ने मात्र नभई किन्ने मानिसले पनि अखाद्य सामग्रीको पहिचान गर्न नसकेको पाइएको बताइन् ।

उपमेयर डंगोलले अनुगमनको क्रमलाई दसैँपछि पनि निरन्तरता दिने प्रतिबद्धता जनाइन् । उनले जानेर बजारमा उपभोक्तालाई ठग्ने र अखाद्य सामग्री बेच्नलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिइन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *