तत्कालकालागि सुकुम्वासी बस्ती हटाउने अभियानबाट पछि हट्यो काठमाडौं महानगर

 ग्लोबल टिभि      मङ्लबार, मंसिर १३, २०७९      0

मंसिर १३ –काठमाडौं महानगरपालिका तत्कालका लागि सुकुम्वासी बस्ती हटाउने अभियानबाट पछि हटेको छ । सोमबार थापाथलीस्थित सुकुम्वासी बस्तीमा हटाउन पुगेको काठमाडौंं महानगरपालिको नगर प्रहरी र सुकुम्वासीबिच झडप भएको थियो । सो झडपमा परि महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित नगर प्रहरी घाइते भएका थिए ।

सुकुम्वासीहरूले खुकुरी लगायतका घरेलु हतियार बोकेर आक्रमणमा उत्रिएपछि महानगर पछि हटेको थियो । आज सुकुम्वासी बस्ती हटाउन जाने कुनै योजना नरहेको काठमाडौंका नगर प्रहरी पाण्डेले जानकारी दिए ।

मङ्गलवार बिहान १० बजे सुकुम्वासीहरूको एक समूह काठमाडौं महानगरपालिकाको गेटमा पुगेर १ घण्टा महानगर प्रमुख बालेन्द्र शाहविरुद्ध प्रदर्शन गरेका छन् ।

उनले नगर प्रहरीमाथि आक्रमण हुँदा समेत प्रहरी प्रशासन मूकदर्शक भएको आरोप लगाउँदै आक्रमण गर्ने विरुद्ध जाहेरी दिँदा समेत पक्राउ नगरेको बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *