डम्बर चौलागाईं, दोलखा । दोलखाको भिमेश्वर नगरपालिका–४ जिलुमा एकीकृत बस्ति निर्माणको गति सुस्त छ । भुकम्प गएको ६ वर्ष बितिसक्दा पनि बस्ति निर्माणले पूर्णता पाउन नसकेको हो । बस्ति निर्माणमा आवश्यक जग्गा विवाद र ठेकेदार कंपनीको उदासिनताको कारण निर्माण कार्यले गति लिन नसकेको हो ।
यद्यपी, तोकिएकै समयावधि चालु आर्थिक वर्षभित्रै बस्ति निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायी रामकुमार बस्नेतले दावी गरे ।
भिमेश्वर नगरपालिका–४ को फस्मीभैकामा एक सय ८ घर र सोही वडाको डिही भन्ने स्थानमा ७५ वटा घरको एकीकृत बस्ती निर्माण गर्न लागिएको हो । तर, अहिलेसम्म फस्मीभैकामा ९२ र डिहि बस्तीका अधिकांश घर निर्माण हुन बाँकी रहेको एकीकृत बस्ति निर्माण उपभोक्ता समितिका अध्यक्ष अर्जुन प्रसाद चौलागाईंले जानकारी दिए । बस्ति निर्माणका लागि लाभग्राहीले राज्यबाट उपलब्ध गराइने ३ लाख अनुदान र भिमेश्वर नगरपालिकाले दिएको ३० हजार बराबरको चाइनिज इँटा बाहेक बाँकी आँफैले बेहोर्नुपर्नेछ ।
Leave a Reply