भक्तपुरको सबैभन्दा ठूलो जात्रा बिस्केट आजबाट सुरु

 ग्लोबल टिभि      शनिबार, चैत्र २८, २०७७      0

सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट सुरु हुँदैछ । आज साँझ टौमढीस्थित न्यातपोल मन्दिर अगाडिबाट भैल खः (भैरवनाथको रथ) तानेर जात्रा सुरु हुन्छ ।

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तले रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो टोलतर्फ रथ तानातान गर्न थालेपछि यो वर्षको जात्रा विधिवत रुपमा सुरु हुन्छ । तालिकाअनुसार आज बिहानै भैरवनाथको महास्नान पूजा र बालकृष्ण कर्माचार्यबाट नित्य पूजा सम्पन्न गरिएको छ । दिउँसो २ बजे भैल खः तान्ने कार्यक्रम छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *