काठमाडौँमा नेपाल–अफ्रिका फिल्म फेस्टिवल

 ग्लोवल टि.भी.      शुक्रबार, बैशाख १०, २०७८      0

नेपाल–अफ्रिका फिल्म फेस्टिवल, २०२१ शुरु भएको छ । राष्ट्रिय नाचघरमा शुक्रवार शुरु भएको फेस्टिवल परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उद्घाटन गरे ।

फेस्टिवलकी निर्देशक मञ्जु मिश्रले अफ्रिकी नागरिकको जीवनस्तर, सामाजिक परिवेश, संस्कृति र रहनसहन बुझ्नका लागि फिल्म फेस्टिवलले सहयोग गर्ने बताइन् ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले फेस्टिवलले नेपाल र अफ्रिकाबीचको रहनसहन, भाषा र सभ्यतालाई नजिक बनाउने बताए ।

वैशाख १२ गतेसम्म चल्ने फेस्टिवलमा नेपाली फिल्म पनि प्रदर्शन हुने बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *