धरहरा उद्घाटन गरिदै

अवलोकनका लागि खुला हुन भने समय लाग्ने

 ग्लोवल टि.भी.      शनिबार, बैशाख ११, २०७८      0

२०७२ को विनाशकारी भूकम्पले क्षतीग्रस्तभएपछि पुनर्निर्माण गरिएको धरहराको आज उदघाटन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे धरहराको उदघाटन गर्दैछन् । मुलुकमा कोरोना संक्रमण बढ्दै गएको र सरकारले भेला, सभा सम्मेलनमा २५ जनाभन्दा बढी उपस्थित हुन रोक लगाएको कारण उद्घाटन समारोहमा सिमित व्यक्तिलाई मात्रै निमन्त्रणा गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

आज उद्घाटन गरिने भएपनि धरहरा अवलोकनका लागि खुल्न केही समय लाग्ने छ । धरहरा सहित आसपासका क्षेत्र पूर्णरुपमा तयार भइनसकेको कारण पनि अहिले नै अवलोकनका लागि खोल्न नसकिने प्राधिकरणले स्पष् पारेको छ । २०७२ साल बैशाखको भुकम्पमा नौ तले धराहरा पूर्ण रुपमा भत्किएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले त्यही स्थानमा २२ तले धरहरा पुनर्निर्माण गरेको हो । बाहिरबाट भने धरहरा ११ तलाको मात्रै देखिन्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *