ग्लोबल टिभि
मङ्लबार, बैशाख १२, २०८०
0
दिर्घ बहादुर शाही
समुन्द्र पारीका
ताता बतासहरुले
धपधप बली रहेको
अनुहार छ
अझै अर्कोतिर
तपतप पसिनाका
भारी र नुनिला
अश्रुधारा
बगिरहेका छन्
जिन्दगी समुन्द्र पारी
बालुवा संग
लड्दालड्दै जिर्ण बनेको
शरीर
गेगर संग छाती
धस्दाधस्दै
मुटु उन्यौ संगै बसेर रुन्छ
दिनदिनै
ति सन्तप्त छातीका
पिरहरुले संघर्ष गरेर
शारथि घामको प्रतीक्षामा
रातलाई हराउँदै
सपनामा
घर देखि विमानस्थल सम्म
पुगेकी अर्धाङ्गिनी संगको
सुहागरात र स्वर्गीय यादहरुको
स्निग्ध सम्झनामा
बिहानी हुन्छ
जवानीले बन्दी
कारागार संग
यातना खेप्दाखेप्दै
विरक्त बन्दी बनेर
यादका बैशागीहरु
पर सम्म पुग्दा
सपनाहरू भने
जुरुक्क उठेर
तातो बतास र बालुवा
संग खेल्छन्।।
Post Views: 152
Leave a Reply