परशु प्रधान स्मृति अङ्क लोकार्पण

 ग्लोबल टिभि           0

असार २३ – नेपाल स्रस्टा समाजको आयोजनामा महामना योगमाया दिवस सम्मान अर्पण तथा स्रस्टा दर्पण परशु प्रधान स्मृति अङ्कको लोकार्पण गरि मनाएको छ।

दिव्य शताब्दी पुरुष तथा मानव अधिकारबादी अगुवा डा। गौरी शंकरलाल दासको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा योगमायाको व्यक्तित्व परिचित गर्न अभियान सञ्चालन गर्ने अभियन्ता कविता चापागाईलाई रु. ५० हजार १११ रूपैयाँ नगद सहित योगमाया अभियन्ता सम्मान २०८१ ले सम्मान गरेका थिए।

यसैगरी समाज रुपान्तरणमा महत्वपूर्ण योगदान गर्ने शान्ता चौधरीलाई रु.२५ हजार १११ रूपैयाँसहित योगमाया राष्ट्रिय नारी सम्मान २०८१ द्धारा सम्मानित गरियो । सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि,स्रष्टा समाजका अध्यक्ष,न्यौपाने समाजका अध्यक्षलगायतले सम्मान गरे ।यसैगरी सोही अवसरमा स्रष्टा दर्पण पूर्णाङ्क ३१, परशु प्रधान स्मृति अङ्कको लोकार्पण समेत सम्पन्न भयो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *