ग्लोबल टिभि
सोमवार, साउन २१, २०८१
0
साउन २१– वर्षा र सहकालको देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई जावलाखेलको ललितमण्डपमा भोटो देखाएपछि रथबाट ओरालेर बुङमती लगिएको छ ।
वैशाख २७ गते ललितपुरको पुलचोकबाट रथारोहण गरी शुरु भएको रातो मच्छिन्द्रनाथको रथ जात्रा हिजो जावलाखेलको ललितमण्डपमा भोटो देखाएपछि मच्छिन्द्रनाथको मूर्ति बुङमती लगिएको हो ।
हरेक वर्ष रथलाई ललितपुरको पुलचोकबाट गाबहाल, मङ्गलबजार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाउने र मूर्तिलाई रथबाट निकालेर मच्छिन्द्रनाथको मन्दिर बुङमती लगिने चलन छ ।
१२ वर्षको एकपटक रातो मच्छिन्द्रनाथको मूर्तिसँगै रथ तानेर बुङमती लगिने चलन भए पनि अरु वर्षहरूमा मूर्तिलाई रथबाट ओरालेर सानो खटमा चार जना पुजारीले बोकेर बुङमती लगिने गरेको पुजारी साहु शाक्यले जनाकारी दिए।
Post Views: 189
Leave a Reply