म्युजिक भिडियोमा ५ लाख पारिश्रमिक लिन्छन्:कलाकार केदार घिमिरे

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर ३, २०७८      0

काठमाडौं,मङ्सिर ३गते । चलचित्र ‘छक्का पञ्जा’को सिरिज हिट भएपछि हास्य कलाकार केदार घिमिरेको क्रेज नयाँ उचाइमा पुगेको छ । केदारलाई दर्शकले चलचित्रमा अत्याधिक रुचाएका छन् । यसैले उनलाई म्युजिक भिडियोको अफर पनि धेरै नै आउने गरेको छ ।

तर, केदार भने निक्कै कम मात्र भिडियोमा काम गर्छन् । जसकारण उनले भिडियोका लागि महँगो पारिश्रमिक माग्ने गरेका छन् ।
उनले एउटा भिडियोमा काम गरेको ५ लाख रुपैयाँ पारिश्रमिक माग्ने गरेका छन् । म्युजिक भिडियो बनाउनका लागि उनीसम्म पुग्ने निर्देशकहरु उनको पारिश्रमिक सुनेरै छक्क पर्छन् ।

तर, केदार भने आफूले पारिश्रमिक नमागेको बताउँछन् । ‘मैले पारिश्रमिक यति दिनुहोस् भनेर कहिले पनि माग्दिनँ । वर्षमा एक-दुईवटा मात्र भिडियो खेल्ने भएर होला मलाई अफर गर्नेहरुले नै पारिश्रमिक दिनुहुन्छ,’ उनले भने ।
केदारले धेरै भिडियो खेल्ने कलाकारहरुप्रति व्यङ्ग्य गर्दै भने, ‘धेरै भिडियो खेल्ने कलाकारहरुले कम पारिश्रमिक लिएर काम गर्नुहुन्छ होला । तर, म त वर्षमा थोरैमा मात्र काम गर्छु । यसैले मलाई मेकरले नै महँगो पारिश्रमिक दिनुहुन्छ ।’

केदारले हालै मात्र ‘कति बस्छौ माइतीकै कौसीमा’ बोलको गीतको रिमेक भर्सनमा अभिनय गरेका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *