अदालतमा (रुपमतीको बयान )

(साहित्य विशेष शनिबार )कविता

 ग्लोवल टि.भी.      शनिबार, मंसिर ४, २०७८      0

रोशन वली

हिजो नि उ
रहरले आएकी होइन
न्याय हराएको न्यायालयमा
विश्वास खोज्दै
अपराध स्वीकारन
बयान सुनाउन आकी हो उ।

अदालतको ठूलो दरबार छ
विशाल भवन छ
पुलिसले पहरा दिएको घर छ
मान्छे आवत
जावत गरिरहे छन् ।

सित्तैमा  गेट्मा प्रवेश
निषेध लेखिएको छ
भित्ता मास्तिर उ उभिएकी छे
उ हेर्छे बेस्सरी
अलमल्ल  पर्छे

त्यस्तो ठाउँ पहिले
कही देखिकी छैन
झन त्यति ठूलो घर
कहिले देखेकै छैन उसले ।

न्यायको कठघरामा

थिङ्ग उभिएर

मुख खोल्दै भन्छे-

श्रीमान तपाईं समक्ष
बयान पेश गर्दै छु
मेरो नाम रुपमती हो
घर रोल्पा
वर्ष एक्काईस
थरले दलित हुँ
श्रीमान ! मलाई ढाट्न आउँदिन
म एक विवाहित नारी हु
पोइ पनि छ
तर नभए जस्तै छ

उ प्रदेशिएको पनि वर्षौं भयो ।
घरमा ससुरा बा छन्

बा किन -किन
दुई वर्षसम्म त चुपचाप रहे ।
दिन विस्तारै बित्दै गयो
बाका दिनहरु फेरिए
म प्रति गरिने व्यवहार फेरिए
बानी दिनहुँ परिवर्तन भए

अचानक एक रात म

ससुराबाटै बलत्कृत भए
ममा खै किन ?

आक्रोश वृद्धि भयो
मैले अनुनय ,विनय गरे

उ श्रीमती जस्तै देख्थ्यो

म समाजको बुहारी थिए।
बा भने -त्यो बा थिएन
उ यौनको एक शिकारी थियो ।

मैले मारेको हो
बलात्कारको प्रतिवाद
मैले गरेकी हुँ ।

दिनुहोस् मलाई फाँसी
म मर्न तयार छु
झुन्डिन नि तयार छु
तर भन्नुहोस् श्रीमान्
नारी कहिले सुरक्षित हुने
कहिले न्याय पाउने ?
मैले त बदलामात्र लिएको हुँ।

दिनुहोस् सजाय ।

 

काठमाडौं, मङ्सिर ४गते ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *