छिमेकीमा चुनाव(लघु कथा): खेमराज शर्मा

छिमेकीमा चुनाव (शनिबार विशेष साहित्य )

 ग्लोबल टिभि      शनिबार, मंसिर १८, २०७८      0
खेमराज शर्मा

खेमराज शर्मा

झलकबहादुर र सूर्यमणि एउटै आँतपेट भएका छिमेकी हुन् ।दुबैकाे घरलाई एउटा फराकिलाे र सफा आँगनले छुट्याएकाे छ ।त्याे आँगन दुई घरकाे साझा चाैताराे हाे ।उनीहरु दिनहुँ सफा गर्छन् आँगनलाई त्यहाँ खिस र पालाेकाे कुनै कुरा छैन ।

मान्छेकाे सभ्यता उसकाे बाेलीले र घरकाे शाेभा आँगनले देखाउँछ भन्छन् ।नभन्दै यताउति हिँड्ने जाे काेही पनि त्याे आँगन देखेर लाेभिन्छ अनि एकछिन भएपनि बसेकै हुन्छ ।त्याे आँगन दुई परिवारकाे स्नेहकाे चाैताराे हाे ।साँझमा खाइवरि दिनभरकाे थकाइ मार्न र भाेलिकाे याेजना बनाउन दुबै घरका परिवार तहीं बस्छन् र सुखमदुखमका कुरा पनि गर्छन् ।

उनीहरुकाे घर बाजेका पालादेखि मिल्दै र बस्दै आएको छ ।त्यहाँ तेराेमेराेका बन्देज छैन ।एकपरिवारले काम गर्दा अर्काेले राम हेर्दैन ।त्यहाँ कर्तव्य फुर्छ ,अर्मपर्म चल्दैन ।

दुबै परिवारमा राजनीतिकाे चासाे छैन ।समयकाे पर्वाहले देशमा चुनावकाे चहलपहल ल्याइदियाे ।एउटा परिवारकाे जेठान रुखकाे छहारीमा बसेर स्थानीय चुनावमा उठे भने अर्काे परिवारकाे साला घाम प्याराे मानेर उमेदवार बने ।दुबैले आफ्नो -आफ्ना इष्टमित्र गुहारे ।एकपक्षले जित्नपुग्याे भने अर्काे पक्षले स्वतःहार्ने नै भयाे ।

चुनाव भएकाे साँझ त्याे आँगन रित्ताे भयाे आँगनमा काेही बसेनन् न चुनावकाे समीक्षा नै गरे ।दाेस्राेदिन एक परिवारका जहान बिहान उठेर हेर्दा त आँगनलाई बीचबाट खनेर (चिरेर)दुई भाग पारिएकाे छ र काँडा पनि लगाइएकाे छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *