विद्यालय तहमा नै विपद्का बारेमा अध्यापन गराउन आवश्यक: विपद् विज्ञ दाहाल

 ग्लोवल टि.भी.      बुधबार, पुस २७, २०७९      0

पुस २७ – विपद् विज्ञहरुले नेपालमा विपद्का जोखिमहरु बढिरहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।

बुधवार काठमाडौंमा भएको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा माननीयहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.रञ्जनकुमार दाहालले नेपालमा जलवायु परिवर्तनका कारण विपद्जन्य घटनाहरु बढिरहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।

नेपालमा जलवायु परिवर्तनका कारण दुधकोशी, खुम्बु, लिखु, मेलम्ची लगायतका नदीका मुहानहरुमा हिमताल फुट्ने र पहिरो जाने क्रम बढ्दै गइरहेको बताए । उनले विपद्जन्य घटनाहरुलाई कम गर्ने कुरामा सरकारले आवश्यक नीति ल्याउनुपर्ने समेत बताए ।

“भौतिक संरचनाहरु बनाउँदा पनि आवश्यक र दूरगारी अध्ययन हुन नसक्दा यस्ता समस्याहरु दिनप्रतिदिन बढ्दै गइरहेको छ”, उनले भने, “विपद् जोखिम न्युनिकरणका लागि बाँकी रहेका जोखिमहरुको पहिचान गरी विस्तृत योजना बनाइ स्थानीय निकायहरुसँग मिलेर अघि बढ्नु आवश्यक छ ।”

उनले विपद् जोखिम न्युनिकरणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्न जरुरी भइसकेको बताए । उनले स्थानीय निकायहरुले आफ्नो ठाउँका विपदहरु बुझेर काम गर्ने हो भने आगामी दिनमा विपद्जन्य घटनाहरुलाई कम गर्दै जान सकिने बताए ।

विपद् विज्ञ दाहालले विपद्को बारेमा जानकारी दिन विद्यालय पाठ्यक्रममा नै विपद्का बारेमा अध्ययन, अध्यापन गराउन आवश्यक रहेको बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *