ग्लोबल टिभि
बुधबार, पुस २७, २०७९
0
पुस २७ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राप्रपाले राष्ट्रिय एकता दिवस मनाएको हो ।
]कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देने तथा अन्य नेता कार्यकर्ताहरुको उपस्थिति थियो । उनीहरुले विभिन्न व्यानरहरु बोकेर प्रदर्शन समेत गरेका थिए ।
‘मेरो सानो दुखले आर्जेको मुलुक होइन सबैलाई चेतना भया श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाल’ लेखिएको ठूलो व्यानरमा राप्रपा नेताहरु प्रस्तुत भएका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्डपबाट सिंहदरबार पश्चिम मूलढोकासम्म (याली निकालेको हो । (यालीसहित राप्रपाले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरेको छ ।
Post Views: 316
Leave a Reply